Logo
१ जेष्ठ २०८१, मंगलबार
(November 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंमा कुनैपनि किसिमका नयाँ विद्यालय सञ्चालनमा रोक

देशको संघीय राजधानी रहेको काठमाडौं महानगरपालिकाले नयाँ विद्यालय सञ्चालन अनुमति नदिने निर्णय गरेको छ । काठमाडौं महानगरपालिकाले संविधानले दिएको यही अधिकार प्रयोग गर्दै आफ्नो क्षेत्रभित्र नयाँ विद्यालय सञ्चालन अनुमति नदिने निर्णय गरेको हो ।

महानगरभित्र भएका विद्यालयहरूलाई नै व्यवस्थित बनाएर गुणस्तरीय शिक्षा दिने भन्दै महानगरले नयाँ विद्यालय सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

देश संघीयतामा गएसँगै विद्यालयहरूको नियम गर्ने अधिकार स्थानीय सरकारलाई गएको छ । त्यही अधिकार प्रयोग गर्दै हाल स्थानीय तहलले विद्यालयको नियमन गर्दै आएका छन् ।

महानगर शिक्षा शाखाका प्रमुख मोती भट्टराईले अब महानगरभित्र नयाँ विद्यालय सञ्चालन गर्न नपाउने तर भएकाले अपग्रेड भने गर्न पाउने जानकारी दिए ।

‘अहिले २ कक्षासम्म भएकाले ३ सम्म बढाउँछु भन्न पाए, तर पूरै नयाँ विद्यालयचाहिँ सञ्चालन गर्न पाउँदैनन्,’ उनले भने । संख्या बढेर गुणस्तरीय शिक्षा नहुने भन्दै महानगरले भएका विद्यालयलाई व्यवस्थित गर्ने योजना लिएको छ ।

अहिले काठमाडौंमा ९१ वटा सामुदायिक र ६ सय ६३ वटा संस्थागत विद्यालय छन् ।

प्रकाशित मिति: Nov 7, 2019

प्रतिक्रिया दिनुहोस्