Logo
२३ बैशाख २०८१, आईतबार
(November 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुटकेसभित्र कोचेर व्वाइफ्रेण्डलाई भगाउन खोजे पछी…

आफ्नो व्वाइफ्रेण्डलाई सुटकेसभित्र कोचेर जेलबाट भगाउने एक युवतीको प्रयास असफल भएको छ । भेनेजुयलाको उत्तरपूर्वमा रहेको जोसे एन्टोनीयो एन्जोआटेन्गुइ जेलभित्र थुनिएका इब्राहिम जोसे भार्गस गार्सियालाई भगाउन उनकी २५ वषिर्या प्रेमिका एन्टोनीटा रोब्लेस साउदाले गरेको प्रयास असफल भएको हो ।

व्वाइफ्रेण्डलाई भेट्ने बहानामा गुलाबी रंगको सुटकेश लिएर जेलभित्र पसेकी एन्टोनिटालाई कसैले ध्यान दिएनन् । तर आधा घन्टापछि जेलबाट निस्कदा सुटकेश भारी भएर उनलाई घिस्याउन निकै गाह्रो पर्‍यो ।

त्यो देखेपछि एक सुरक्षा गार्डले शंका लागेर सुटकेश खोल्न लगाए । जब उनी सुटकेस खोल्न वाध्य भइन्, भित्र इब्राहिम पोको परेर बसिरहेका थिए ।

सजिलोका लागि सुटकेसभित्र अरु सामान पनि कोचिएको रहेछ । सुरक्षाकर्मीले तुरुन्तै इब्राइमलाई जेलभित्र हुले अनि उनकी प्रेमिकालाई पनि पक्राउ गरे ।

कार चोरीको आरोपमा पक्राउ परेका इब्राहिमलाई ९ वर्षको जेल सजाय सुनाइएको छ ।

प्रकाशित मिति: Nov 5, 2019

प्रतिक्रिया दिनुहोस्