Logo
२३ बैशाख २०८१, आईतबार
(November 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सातै प्रदेशका प्रमुखहरुलाई राष्ट्रपतिले खुवाइन् शपथ

सातै प्रदेशको प्रमुखमा नियुक्त भएकाहरुले मंगलबार शपथ ग्रहण गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रमुखहरु नियुक्त गरेकी हुन् ।

मन्त्रिपरिषद बैठकले सोमबार तत्कालीन एमालेको कोटाबाट चार र माओवादीको कोटाबाट तीनजनाको नाम सिफारिस गरेको थियो ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति भण्डारीले मंगलबार बिहान सातै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुलाई शपथ खुवाएकी हुन् ।

प्रदेश नम्बर १ मा सोमनाथ अधिकारी प्यासी, प्रदेश नम्बर २ मा तिलक परियार र प्रदेश नम्बर ३ मा विष्णु प्रसाईंले प्रदेश प्रमुखको शपथ खाएका छन् ।

यस्तै गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश नम्बर ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी र सुदूरपश्चिम प्रदेशमा शर्मिला त्रिपाठीले प्रदेश प्रमुखका रुपमा शपथ ग्रहण गरेका हुन् ।

प्यासी, प्रसाईँ, यादव र कलौनी एमालेको कोटाबाट प्रदेश प्रमुखमा परेका हुन् । शेरचन, परियार र त्रिपाठी भने माओवादी कोटाबाट प्रदेश प्रमुख चुनिएका हुन् ।

मंगलवार राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष सितल निवासमा नवनियुक्त ७बmउस प्रदेशका प्रमुखहरु सपथ ग्रहण पछि राष्ट्रपति उपराष्ट्रपति,प्रधानमन्त्री लगायत संग सामुहीक तस्बिर खिचाउदै । तस्बिरः प्रदीपराज वन्त

प्रकाशित मिति: Nov 5, 2019

प्रतिक्रिया दिनुहोस्