सरकार छाड्दै उपेन्द्र यादव : ‘प्रदेश प्रमुखबारे मसँग कुनै सल्लाह गरिएन’
सरकारका उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बिना कुनै सहमति तथा विचार-बिमर्श नै नगरी प्रदेश प्रमुख हटाएर नयाँ नियुक्ती गरेकोमा आपति प्रकट गरेका छन् ।
उनले भने ‘यस्तो अवस्थामा सरकारमा बस्ने की छोड्ने ? यसबारे पार्टीले छिटै निर्णय गर्नेछ’ अनौपचारिक छलफलहरु भइरहको छ उनले भने ‘पार्टीले छिटै नै औपचारिक निर्णय गर्नेछ ।
संविधान संशोधन नगरिए सरकार छाड्ने चेतावनी दिदै आएका अध्यक्ष यादवले आफू जोमसोममा रहेको बेला सरकारले प्रदेश प्रमुखहरु हटाउने निर्णय गरेको बताए ।
उनले भने-‘प्रदेश प्रमुखहरु हटाइएको तथा नियुक्ती बारेमा मलाई औपचारिक जानकारी छैन् । यस सम्बन्धमा प्रधानमन्त्री ओलीसित कुनै पूर्व परामर्श भएको छैन् ।’
आज नियुक्ती गरिएको भनिउको प्रदेश प्रमुखको सम्बन्धमा समेत कुनै चर्चा नभएको उनले बताए । उनले भने यस्तो अवस्थामा सरकारमा बसीरहनुपर्ने अवस्था भएन हामिले छिटै ठोस निर्णय लिनेछौं’ उनले भने समाजवादी पार्टीले सरकार छाडेपछि दुई तिहाईको सरकार रहने छैन् भने संविधान संशोधनका लागि अब हामि आन्दोलनमा जानेछौं ।