Logo
९ असार २०८२, सोमबार
(November 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महराको पक्षमा दर्जन बढी वरिष्ठ अधिवक्ताहरुको बहस, तर फैसलाबारे यस्तो छ अवस्था

पूर्वसभामुख कृष्णबहादुर महरामाथि लागेको जबरजस्ती करणी उद्योगसम्बन्धी मुद्दामा थुनछेक बहस आइतबार सुरु भएको छ। आइतबार बहस नसकिएपछि महराको मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ। बहस सोमबार पनि जारी रहनेछ।

शुक्रबार जिल्ला अदालत काठमाडौंकाे बन्द इजलासमा महराको बयान सकिएपछि आइतबारबाट थुनछेकको बहस सुरु भएको हो। काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा महरामाथि परेको मुद्दाको सुनुवाइ भइरहेको छ।

महरामाथि यौन दुराचारको आरोप लगाएकी संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले असोज १८ गते शनिबार महानगरीय प्रहरी वृत्त बानेश्वरमा जाहेरी दिएकी थिइन्।

महराको पक्षबाट वरिष्ठ अधिवक्ता तथा पूर्व महान्यायाधीवक्ता रमनकुमार श्रेष्ठ, नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष एवम् वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, वरिष्ठ अधिवक्ताहरु लव मैनाली, कृष्णप्रसाद सापकोटा, सविता भण्डारी बराल, अधिवक्ताहरु मुरारी सापकोटा, चन्द्र गुरागाई लगायतले बहस गर्ने छन्।

सरकारी वकिलको तर्फबाट आइतबार बहस सकिएपछि महराको तर्फबाट वरिष्ठ अधिवक्ता भोजराज आचार्य र लवप्रसाद मैनालीले बहस गरेका छन्। अन्य अधिवक्ताको बहस सोमबार हुने छ।

सोमबार थुनछेक बहस सकिएमा थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहा गर्ने भन्ने आदेश जिल्ला अदालतले गर्ने छ।

महरालाई असोज १९ गते आइतबार साँझ ६ बजे सभामुखको सरकारी निवास बालुवाटारबाट पक्राउ गरिएको थियो। यसअघि, कात्तिक ७ गते काठमाडौं जिल्ला अदालतले महरालाई थप ७ दिन अनुसन्धानका लागि हिरासतमा राख्न आदेश दिएको थियो।

२५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गरेपछि बिहीबार महराविरुद्ध मुद्दा दायर गरिएको थियो। गत असोज १९ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको थियो।

सलगत्तै उनलाई पक्राउ गरिएको थियो। हिरासतमा रहेका बेला स्वास्थ्यमा समस्या देखिएपछि महरालाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। असोज ३ गते उनलाई नर्भिकबाट सिधै जिल्ला अदालत लगिएको थियो।

त्यसपछि उनलाई ५ दिन म्याद थप गरिएको थियो। महरालाई असोज १९ गते आइतबार साँझ ६ बजे सभामुखको सरकारी निवास बालुवाटारबाट पक्राउ गरिएको थियो।

यसैबीच, कात्तिक ३ गते आइतबार जिल्ला अदालतमै उपस्थित भएर रोशनी शाहीले प्रहरीलाई दिएको जाहेरी झुटो भएको बयान दिएकी छिन्।

उनले प्रहरीले पूर्व सभामुख महराविरुद्ध जबरजस्ती उजुरी दिन दवाव दिएका कारण उजुरी दिएको पनि बयानमा उल्लेख गरेकी छन्।

काठमाडौं जिल्ला अदालतमा आफै उपस्थित भएकी रोशनीले न्यायाधीश बाबुराम सुवेदीको इजलासमा प्रहरीको करकापमा आफूले जाहेरी दिन बाध्य भएको लिखित बयान दिएकी हुन्।

प्रकाशित मिति: Nov 3, 2019

प्रतिक्रिया दिनुहोस्