Logo
१ जेष्ठ २०८१, मंगलबार
(November 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आइतबार दुहबी र बुढीगंगा पालिकामा सार्वजनिक बिदा

प्रदेश १ स्थित सुनसरी दुहबी नगरपालिकाले आईतवार सार्बजनिक बिदा दिने निर्णय गरेको छ । आज दुहबी नगरपालिकामा बसेको बैठकले आईतवार सार्बजनिक बिदा दिने निर्णय भएको हो ।

नगरपालिकाको कात्तिक १५ गतेको निर्णय अनुसार नेपालीहरुको महान चाड छठ पर्बको अवसरमा कात्तिक १७ गते दुहबी नगरपालिका नगर कार्यपालिकाको कार्यालय र अन्तरगतका कार्यालयहरुहरुमा सार्बजनिक विदा गरिएको नगरपालिकाले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

दुहबी नगर प्रमुख बेदनारायण गच्छदारद्वारा हस्ताक्षरित सुचनामा छठ पर्वलाई लक्षित गरि बिदा दिने उल्लेख गरिएको छ । यसैबिच बुढीगंगा गाउँपालिकाले पनि छठ पर्वको अवसरमा गाउँपालिकामा आईतवार सार्बजनिक बिदा दिने निर्णय गरेकोछ ।

गाउँपालिका भित्रका बहुसंख्यक गाउँपालिकाबासीले छठ पर्व मनाउने भएकोले पर्वलाई लक्षित गरि सार्बजनिक बिदा दिने निर्णय भएको बुढीगंगा गाउँ पालिकाका अध्यक्ष बालचन्द माझीलेले जानकारी दिनुभयो ।

प्रकाशित मिति: Nov 1, 2019

प्रतिक्रिया दिनुहोस्