Logo
५ जेष्ठ २०८१, शनिबार
(October 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

म्याग्दीमा NCELL टावर मर्मत गरेर फर्किएको गाडीमाथि आगजनी

म्याग्दी : म्याग्दीमा बिहीबार राति रोकिराखेको गाडीमा अज्ञात समूहद्वारा आगजनी भएको छ । म्याग्दीको बेनी नगरपालिका-३, भकिम्ली मुसुङडोलेमा रोकिराखेको गाडीमा उक्त समुहले आगानी गराएको हो ।

मुसुङडोलेमा रहेको एनसेलको टावर मर्मत गरेर फर्किएको बा १३ च ८४३४ नम्बरको बोलेरो जीपमा राति करिब २ बजेतिर आगजनी भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

आगजनी भएको खबर आएलगत्तै कार्यालयबाट प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माको नेतृत्वमा ११ जनाको टोली घटनास्थलमा परिचालन गरिएको उनले बताए ।

एनसेल टावर मर्मतको काम सकेर स्थानीयको घरमा मर्मत टोली बास बसेको र नजिकै सडकमा रोकिराखेको अवस्थामा गाडीमा आगजनी भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक (डीएसपी) महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए ।

अहिले मुचुल्का उठाउने काम भैरहेको र घटनाको विषयमा स्थानीयसँग सोधपुछको गरी आगजनी गर्ने समूहको खोजी सुरु गरिएको प्रहरीको बताएको छ । आगलागीबाट भाडामा लगिएको बोलेरो जीप जलेर पूर्णरुपमा ध्वस्त भएको प्रहरी नायब उपरीक्षक मरासिनीले बताए ।

प्रकाशित मिति: Oct 25, 2019

प्रतिक्रिया दिनुहोस्