‘हामी यस्तै त हो नी ब्रो’ गाउने र्यापर गायक भिटेन पक्राउ
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले चर्चित र्यापर समिर तामाङ ‘भिटेन’लाई पक्राउ गरेको छ। भिटेनका ‘ हामी यस्तै त हो नी ब्रो’लगायत गित चर्चित छन्।
अश्लिल र आपत्तिजनक शब्द प्रयोग भएका गित गाएको भन्दै भिटेनलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ।
यसअघि महाशाखाले अश्लिल शब्द प्रयोग भएका गित गाएको भन्दै गायक दुर्गेश थापालाई पक्राउ गरि सार्वजनिक माफी मगाएर छाडेको थियो।