Logo
५ जेष्ठ २०८१, शनिबार
(October 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महरामाथि अनुसन्धान गर्न दिएको म्याद सकिएपछि पुनः म्याद थप्न आज अदालत लगिँदै

काठमाडौं :  संसद सचिचवालयकी एक जना कर्मचारीमाथि यौन दुव्र्यवहार गरेकोे अभियोगमा निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अदालतले अनुसन्धान गर्न दिएको म्याद आजबाट सकिएको छ । जिल्ला अदालतले कात्तिक २ गतेबाट लागू हुनेगरी थपेको ५ दिनको म्याद आज सकिएको हो ।

बलात्कार प्रयासको थप अनुसन्धानका लागि तेस्रो पटक म्याद थपका लागि महरालाई जिल्ला अदालत काठमाडौँ लगिने भएको हो । प्रहरीले अनुसन्धान जारी रहेकाले थप समय माग गर्ने तयारी गरेको छ । महराको बयान लगायत अन्य प्रमाण संकलनको काम प्रहरीले गरिरहेको छ ।

गत आइतबार महराको सरकारी वकिल समक्ष बयान भएको थियो । बयानमा महराले आफू पीडित भनिएकी महिलाको कोठामा नगएको बताएका छन् ।

आज अदालतबाट म्याद थप नभएको खण्डमा प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउनुपर्ने हुन्छ । प्रहरीको अनुसन्धान चित्त बुझेमा सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा लिएर जान्छ ।

त्यसपछि अदालतमा बयान र थुनछेक प्रक्रिया प्रारम्भ गर्नेछ । अदालतले धरौटी वा तारेखमा रिहा गर्ने अथवा पूर्पक्षका लागि थुनामा पठाउने समेत आदेश गर्न सक्छ ।

पूर्पक्षको लागि थुनामा रहेमा महरा सांसद् पदबाट स्वतः निलम्बित हुनेछन् ।

प्रकाशित मिति: Oct 24, 2019

प्रतिक्रिया दिनुहोस्