Logo
५ जेष्ठ २०८१, शनिबार
(October 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनकपुर गोलीकाण्ड : पैसा माग्न जाँदा आफ्नै साथीबाट मारिए मनोज

सांकेतिक तस्बिर

धनुषा : जनकपुरधाममा आज बिहान एक जनाको हत्या भएको छ । बुधबार बिहान करीब १० बजे जनकपुर उपमहानगरपालिका वडा नम्बर १४ मुजेलियमा रहेको विद्युत प्राधिकरणको भवन नजिकै स्थानीय ४० वर्षीय मनोज शाहको गोली हानी हत्या भएको हो ।

स्थानीय पंकज शाहसँग पैसाको कारोबार भएको र पैसा माग्न जाँदा पंकजले मनोजको गोली हानी हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । घटनापछि प्रहरीले पंकजलाई पक्राउ गरेको छ ।

पंकजको घरमा गएर पैसाको ताकेता गर्दा पंकजले ‘घरमा आएर किन पैसा मागेको ?’ भन्दै आवेशमा आएर मनोजमाथि गोली प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पंकजको साथबाट प्रहरीले कटुवा पेस्तोल तथा गोली बरामद गरेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पंकज निर्माण व्यवसायी हुन् ।

उनले सपहीमा रहेको मनोजको शिव आयल निगमबाट पेट्रोलियम पदार्थ किन्ने गरेका थिए । प्रहरीका अनुसार पंकजले मनोजको पेट्रोल पम्पबाट करिब १७ लाख रुपैयाँ बराबरको डिजेल लिएका थिए । जसबाट करीब ८ लाख रुपैयाँ उनले तिर्न बाँकी थियो ।

प्रकाशित मिति: Oct 23, 2019

प्रतिक्रिया दिनुहोस्