Logo
५ जेष्ठ २०८१, शनिबार
(October 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रौतहट बम विस्फोट प्रकरण : राजनीतिक दबाबमा परेर मुचुल्का ढिला उठाएको प्रहरीकाे खुलासा

२०६४ चैत २७ गते अथार्त १२ वर्ष अघि कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको संलग्नता रहेको भनिएको घटना प्रहरीले राजनीतिक दबाबमा परेर मुचुल्का ढिला गरी उठाएको खुलासा भएको छ ।

बम विस्फोटमा परी घाइते भएकालाई इँटाभट्टामा हालेर मारिएको जघन्य अपराधसम्बन्धी घटनामा प्रहरीले १८ दिनपछि मात्रै मुचुल्का उठाएको पाइएको छ ।

आलम पक्राउपछि हाल अनुसन्धानमा खटिएका एकप्रहरी अधिकारीले त्यति बेला आरोपितमाथि ‘कल डिटेल रेकर्ड’ (सीडीआर) हेरेर अनुसन्धान नगरिएको बताएका छन् ।

मुख्य योजनाकार भनिएका आलमलाई रौतहट प्रहरीले घटनाको १२ वर्षपछि गत असोज २६ गते पक्राउमा परेका थिए । सर्वोच्च अदालतले आफ्नो आदेश कार्यान्वयन नभए ‘अवहेलनाको निवेदनबाट कारबाही गर्ने चेतावनी’ दिएपछि मात्रै रौतहट प्रहरीले सांसद आलमलाई पक्राउ गरी अनुसन्धान थालेको समेत खुलेको छ ।

प्रकाशित मिति: Oct 21, 2019

प्रतिक्रिया दिनुहोस्