Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बहमासमा शक्तिशाली ‘डोरियन’ आँधी : ५ जनाको मृत्यु, १३ हजार घरमा क्षति

बहमासमा आएको शक्तिशाली समुद्री आँधी डोरियनका कारण कम्तिमा ५ जनाको ज्यान गएको छ । आँधीका कारण कम्तिमा १३ हजार घरमा क्षति पुगेको अन्तर्रा्ष्ट्रिय रेड क्रसले जनाएको छ । आन्ध्र महासागरबाट उठेको यो दोस्रो शक्तिशाली आँधी हो ।

प्रधानमन्त्री हुबर्ट मिन्निसले आँधीका कारण कम्तिमा ५ जनाको ज्यान गएको पुष्टि गरेका छन् । यो आँधी अति खतरनाक रहेको प्रधानमन्त्री मिन्निसले बताएका छन् ।

उत्तर-पूर्वी एबाको आइल्याण्डमा बढी क्षति भएको छ । आँधीका कारण एबाको आइल्याण्ड प्रभावित भएको छ ।

आँधीका कारण २४० किलोमिटरप्रति घण्टाको गतिमा हावा चलेको छ । आँधीले गर्दा बहमासमा ल्याण्डफल भएको छ । बाढी आएको छ । अमेरिकाको नेशनल हरिकेन सेन्टर (एनएचसी) का अनुसार डोरिना आँधी अति खतरनाक रहेको जनाएको छ । डोरियन आँधीका कारण जनजीवन प्रभावित भएको छ ।

प्रकाशित मिति: Sep 3, 2019

प्रतिक्रिया दिनुहोस्