Logo
७ बैशाख २०८१, शुक्रबार
(September 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहा पाइराख्नुहोस् : नियमित साइकल चलाउनुको यस्ता छन् फाइदाहरु

साइकल चलाउनु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । नियमित २० मिनेट साइकल चलाउँदा पनि यसले स्वास्थ्यमा सकारात्मक उर्जा ल्याउन मद्दत गर्छ । साइकल चलाउनाले मुटुमात्र नभई शरीरका अन्य अङ्हरु जस्तै हाडजोर्नीलाई पनि तन्दुरुस्त राख्छ ।

तराईका फाँटहरुमा धेरै जसो मानिसहरुलाई साइकलमै देख्न सकिन्छ । तर शहरी क्षेत्रमा केही बालबालिकाबाहेक अरुले साइकल चढ्ने गरेको कहीँकतै मात्र देख्ने गरिन्छ ।

यद्यपि ती साइकल चढ्ने मानिसहरुलाई साइकल चढ्दा स्वास्थ्यलाई धेरै फाइदा पुर्याउँछ भन्ने कमैलाई थाहा होला । पछिल्लो समय विकसित देशहरुमा समेत स्वस्थ रहनाका लागि धेरै मानिसहरुले साइकलको प्रयोग गर्न थालेका छन् । अन्य व्यक्तिको तुलनामा दैनिक २० मिनेट साइकल चलाउने व्यक्ति स्वस्थ हुने विज्ञहरुले बताउने गरेका छन् ।

साइकल चलाउनका लागि कुनै उमेर समूह तोकिएको छैन, जुनसुकै उमेरको व्यक्तिले पनि चलाउँन सक्छन् । यो विज्ञहरुले साइक्लिङलाई व्यायमको संज्ञा दिने गरेका छन् ।

साइक्लिङ गर्दा स्वास्थ्यलाई यस्ता हुन्छन् फाइदाहरु
१. रक्तचाप :  दैनिक साइकल चलाउँदा शरीरमा रक्त सञ्चार राम्रो हुन्छ । जसले गर्दा रगतमा अक्सिजनको मात्रा आपूर्ति गर्छ र रक्त सञ्चारमा सुधार आउँछ । यसले गर्दा रक्तचापलाई नियन्त्रणमा राख्न मद्दत गर्छ ।

२. मांसपेशी :  जान्नेहरुका लागि सबैभन्दा सजिलो व्यायाम साइक्लिङ गर्नु हो । नियमित साइक्लिङ गर्दा मांसपेशीहरु बलिया हुने गर्दछन् । यति मात्र नभएर साइकल चलाउँदा पछाडिपट्टीका हड्डी हुने भएकाले ढाड र गर्दनको दुखाईबाट समेत राहत मिल्ने गर्छ ।

३. मोटोपन :  दैनिक करिब २० मिनेट साइक्लिङ गर्दा शरीरमा हजारको संख्यामा क्यालोरी खपत हुने भएकाले केही हदसम्म यसले मानिसलाई दुब्लो बनाउन मद्दत गर्ने गर्छ ।

४. क्यान्सर :  अनुसन्धानकर्ताका अनुसार यदि कुनै व्यक्तिले साइकल चलाउँछ भने उसले आफ्नो जीवनलाई परिर्वतन गरिरहेको छ । किनभने दैनिक साइक्लिङ गर्नाले स्तन र मलद्वार क्यान्सरको जोखिम कम हुने गर्दछ ।

५.  मधुमेह :  पछिल्लो समय महुमेहका विरामीको संख्या दिनानु दिन बढ्दो छ । शरीरिक व्यायमको कमीका कारण धेरैलाई यो रोगको जोखिम हुने चिकित्सकहरुले बताउने गरेका छन् । तर दैनिक ३० मिनेट साइक्लिङ गर्ने व्यक्तिहरुमा ४० प्रतिशत मधुमेह हुने खतरा कम हुने फिनल्याण्डमा गरिएको एक अध्ययनले देखाएको छ ।

६.  मानसिक रोग :  मानसिक स्वास्थ्य अवस्था तनाव, चिन्ता डिप्रेसन, उदासिनता जस्ता कुरालाई नियमित साइक्लिङ गरेर कम गर्न सकिन्छ । यही व्यायमका कारण मानिसहरु रमाइलो महसुस गर्ने गर्छ र त्यस्ता मानसिक तनावबाट मुक्त हुन सक्छन् ।

प्रकाशित मिति: Sep 29, 2019

प्रतिक्रिया दिनुहोस्