Logo
११ श्रावण २०८१, शुक्रबार
(September 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनकल्याणको अध्यक्षमा पुन मिलिराम चौधरी

दुहवी/ सुनसरीको दुहवीमा ५ स्थितमा रहेको श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको १९ औ वार्षिक साधारणसभाको बन्दशत्रले सहमतीय प्रणालीबाट पुन मिलीराम चौधरीको अध्यक्षतामा नयाँ
कार्य समिति गठन गरेको छ । शनीवार सम्पन्न भएको साधारणसभाको उपाध्यक्षमा भ्ूाप नारायण भगत, सचिवमा प्रभाकर माझी,कोषाध्यक्ष हिरा लाल माझी, संचालक सदस्यहरुमा आशा नारायण चौधरी, अवध नारायण चौधरी,राजो देवी चौधरी,निर्मला काफ्ले,रेखा देवी साह रहेका छन । लेखा सुपरिवेक्षण समितिको संयोजकमा प्रयाग राम चौधरी, सदस्यहरु भूप नारायण यादव, अनिता कुमारी थारु (भगत) रहेका छन ।
कार्यक्रममा आर्थिक वर्ष २०७५÷०७६ को आयव्यय प्रतीवेदन तथा गतिविधि संस्थाका अध्यक्ष मिलीराम चौधरीले प्रस्तुत गरेका थिए । संस्थाका कोषाध्यक्ष हिरा लाल माझीले आर्थिक वर्ष २०७६÷७७ को संस्थाको निति कार्यक्रम अनुमानित बजेट आय व्यय समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि दुहवी नगर प्रमुख बेदनारायण गच्छदारले सहकारी संस्थाहरुले गरीबी निवारणमा पुर्याएको योगदानको बिषयमा चर्चा गर्नु भएको थियो । नगर प्रमुख गच्छदारले उत्पादनमुलक र श्रृजनात्मक काममा सहकारी संस्थाले लगानी गर्नुपर्नेमा जोड दिनु हुँदै दुहवी नगरपालिकाको लघु उद्धमको बजेटमा सहकारी संस्था मार्फत सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुभयो । संस्थाले आर्थिक वर्ष २०७५÷०७६ मा १८ करोड बढी कारोवार गरेको र २ करोड २१ लाख बढी मुनाफा कमाएको संस्थाका अध्यक्ष मिलीराम चौधरीले जानकारी दिएका छन । २२२३ सेयर सदस्य रहेको सो
संस्थाको १४ करोड बढी निक्षेप रहेको छ । वार्षिक साधारणसभाको अवसरमा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, लगायत उत्कृष्ट कर्मचारीहरुलाइ सम्मान सहित पुरस्कार बितरण गरिएको थियो । संस्थालाइ योगदान गरेको भन्दै कृष्ण कुमारी बि.क. कृष्ण योन्जन बिश्वनाथ दाहाल, धनन्जय चौधरीलाइ सम्मान पत्र सहित दोसल्ला ओढाइ सम्मान गरेको थियो । कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाइ दोसल्ला ओढाइ मायाको चिनो प्रदान गएिको थियो । संस्थाका अध्यक्ष मिलीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बिशीष्ठ अतिथि भूमि व्यवस्था सहकारी तथा गरिबि निवारण मन्त्रालय प्रदेश नम्वर १ का प्रतिनिधि तोयानाथ तिम्सिनाले सहकारीको महत्वको बारेमा प्रकाश पार्दै सबैले सहकारीको धर्म र मर्मलाइ बुझ्न आग्रह गरेका थिए ।

प्रकाशित मिति: Sep 28, 2019

प्रतिक्रिया दिनुहोस्