Logo
२० बैशाख २०८१, बिहीबार
(September 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस (फोटोफिचर)

काठमाडौँ : आज मुलुकभर संविधान दिवस मनाइँदै छ ।

०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको खुसीयालीमा विभिन्न कार्यक्रम गरी देशभर यो दिवस मनाइँदैछ ।

दिवसको अवसरमा संविधान दिवस मूल समारोह समितिले बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ । समारोहमा तीनै सुरक्षा निकाय र विभिन्न संघ संस्थाहरुले जातजातिको भेषभूषा झल्कने झाँकी प्रदर्शन गरेका छन् ।

समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्री, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारीलगायत उपस्थित छन् ।

प्रकाशित मिति: Sep 20, 2019

प्रतिक्रिया दिनुहोस्