Logo
३१ बैशाख २०८१, सोमबार
(September 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजेशपायलको घरमा आगो लाग्दा सम्मानपत्र, अवार्डहरु जलेर नष्ट

सोमबार दिउँसो ३ बजे गायक राजेश पायल राइको शान्तीनगरमा रहेको घरमा आगालागी भएको छ । बिजुली सर्ट भएर उनको घरमा आगालागी भएको हो । आगालागीमा उनले पाएका अधिकांश सम्मानपत्रहरु नष्ट भएका छन् ।

आगो लागेपछि राजेशले फेसबुकमा स्टाटस लेख्दै सबै भन्दा ठूलो समय नै भएको बताएका छन् । उनले लेखेका छन्-‘गल्ती, कमजोरी मान्छेबाट हुन्छ भन्थे, भगवानबाट पनि हुँदोरहेछ । उनैले दिए, उनैले लगे, उनैले दिनेछन्, एक दिन गल्ती नगरिकन । यो परिस्थितीमा मेरो छिमेकीहरुले दर्साउनु भएको सहयोग, नेपाल प्रहरी, दमकल परिवारप्रति यहाँ परदेशी भूमिबाट हार्दिक नमन ।’ उनले अवार्डहरु जलेपनि दर्शकले दिएको माया कहिले नजलोस् भनेर कामना पनि गरेका छन् ।

राजेश पायलले सांगीतिक क्षेत्रमा लागेर कमाएका सम्मानपत्र, अवार्डहरु आफ्नो कोठामा राख्दै आएका थिए । सोही कोठामा बिजुली सर्ट भएर आगो लागेको हो । गायक राजेश पायल राई भने अहिले सांगीतिक टुरका लागि विदेशमा छन् । घरमा केही मानिसहरु मात्र भएको अवस्थामा घरमा आगो लागेको थियो ।

आगो लागेपछि छिमेकी, प्रहरी र दमकको सहायकतामा आगो निभाइएको थियो ।

प्रकाशित मिति: Sep 17, 2019

प्रतिक्रिया दिनुहोस्