Logo
२३ बैशाख २०८१, आईतबार
(September 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘अराजकताले मुलुकलाई नै विभाजनतिर लैजाने खतरा हुन्छ’

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले मुलुकलाई विभाजनतिर लैजाने खतरा बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

मंगलबार काठमाडौंमा नेपाल प्रज्ञा प्रतिष्ठानको ३४औं प्राज्ञ सभालाई उद्घाटन गर्दै मन्त्री भट्टराईले समाजलाई नै विभाजनतिर लैजाने गरी भइरहेको उच्छृङ्खल खालका गतिविधि देखिन थालेकोमा चिन्ता व्यक्त गर्दै नेपाली समाजलाई भड्काउन नदिन सुदृढ राष्ट्रिय एकताको आवश्यकता रहेको बताए ।

उनले समाजमा हुने अराजकता र उच्छृङ्खल खालका गतिविधिले मुलुकलाई नै विभाजनतिर लैजाने खतरा निम्त्याउने हुनाले त्यस्ता खालका गतिविधि हुन नदिने गरी प्राज्ञहरुले भाषा र संस्कृतिको माध्यामबाट नयाँ पिँढीलाई दीक्षित गर्नुपर्ने पनि स्पष्ट पारे ।

उनले केही दिनअघि नेपालगन्जबाट बुद्ध एयरमा काठमाडौं आउनेक्रममा आफ्नो कारणले जहाज उड्न ढिलाइ हुँदा सोही विमानका यात्रुले गरेको विरोधतर्फ केन्द्रित गर्दै भने, ‘अराजकताले मुलुकलाई नै विभाजनतिर लैजाने खतरा हुन्छ’, मन्त्री भट्टराईले भने, ‘त्यस्ता खालका कोशिसहरु हुनै नदिन नेपाल प्रज्ञा प्रतिष्ठान जस्ता संस्थाहरुले नयाँ पिँडीलाई प्रशिक्षित गर्नुपर्दछ ।’

प्रकाशित मिति: Sep 17, 2019

प्रतिक्रिया दिनुहोस्