ज्ञानेन्द्र शाहीलाई राष्ट्रिय युवा संघद्वारा कास्कीमा प्रवेश निषेध (विज्ञप्तिसहित)
काठमाडौँ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले ज्ञानेन्द्र बहादुर शाह (ज्ञानेन्द्र शाही) लाई कास्कीमा प्रवेश निषेधको निर्णय गरेको छ ।
युवा संघ नेपाल कास्कीले आइतबार विज्ञप्ति जारी गर्दै शाहीलाई कास्कीमा प्रवेश निषेध घोषणा गरेको हो ।
तत्कालीन वाइसिएल नेपाल कास्की र तत्कालीन युवा संघ नेपाल कास्कीका अध्यक्षद्वय भोजराज पौडेल र डिल्लीराम सुवेदीले हस्ताक्षर गरेका छन् ।
विज्ञप्तिमा शाहीले फेसबुक, युटुव र ट्वीटरजस्ता सामाजिक सञ्जालको दुरुपयोग गरी समाजमा भ्रम सिर्जना गर्न खोजेको र द्वन्द्व गर्न उक्साएको आरोप लगाइएको छ ।
‘पछिल्लो समय ज्ञानेन्द्र बहादुर शाह (ज्ञानेन्द्र शाही) जस्ता कुपात्रहरुलाई गणतान्त्रिक भूमि कास्कीमा प्रवेश निषेध गरेको जानकारी गराउदै आम न्यायप्रेमी जनसमुदायमा विधिको शासन, पछिल्लो परिवर्तन तथा उपलव्धिका पक्षमा उभिनुभई सहयोग गर्न अपिल गर्दर्छौँ,’ राष्ट्रिय युवा संघको विज्ञप्तिमा उल्लेख छ ।