Logo
४ जेष्ठ २०८१, शुक्रबार
(September 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

करोडौँको स्याउ बारीमै थन्किँदा किसान मर्कामा

   बाजुरा :  सडकको सहज पहुँच नहुँदा करोडको स्याउ बारीमै थन्किएपछि किसान चिन्तित बनेका छन् । मार्तडी कोल्टी सडक वर्षाततका कारण अवरुद्ध बनेपछि ढुवानी समस्याकै कारण करोड मूल्यको स्याउ बारीमै थन्किएको हो ।

जिल्लाको स्वामिकात्तिक, जगन्नाथ गाउँपालिकाबाट पिलुचौर ल्याएर ढुवानी गर्ने सोच बनाएका स्याउ किसानको सपना समयमै सडक नखुल्दा टुटेको छ ।

जिल्लामा १ हजार ५० मेट्रिक टन स्याउ उत्पादन हुने तथ्याङ्क छ । बारीमै रु १५ किलोमा बिक्री गर्दा पनि किसानको हातमा रु पौने दुई करोड पर्नुपर्ने हो, तर किसानले सडक समस्याकै कारण वर्षेनी नोक्सानी बेहोर्न बाध्य छन् । ४३ किलोमिटर मार्तडी कोल्टी सडकका लागि रु ३५ करोड बढी खर्च गरी सकिएको छ । तर पनि हरेक वर्षातमा बाटो बन्द हुने गरेको छ ।

कृषि ज्ञान केन्द्र बाजुराका अनुसार यो वर्ष स्याउ उत्पादन बढेको छ । यकिन तथ्याङ्क नआएपनि २० प्रतिशतले उत्पादन बढेको अनुमान केन्द्रले गरेको कृषि प्रसार अधिकृत एवं सूचना अधिकारी मीनप्रसाद जैशीले बताए । स्याउ बारी नजिक उचित बजार नहुनु र मार्तडी कोल्टी सडक बन्द हुनु किसानका लागि अभिशाप बनेको छ ।

बारीमै कुहिएर, आफन्तलाई दिएर वा आफूले खाएर पनि रु डेढ करोडको स्याउ उत्पादन हुने गरेको छ । जिल्लाको २३० हेक्टरमा स्याउखेती गरिएको छ ।

प्रकाशित मिति: Sep 9, 2019

प्रतिक्रिया दिनुहोस्