Logo
४ जेष्ठ २०८१, शुक्रबार
(September 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दशैँको अग्रिम टिकट बुकिङ भदौको अन्तिममा खुल्ने

भदौको अन्तिममा दशैँको लागि अग्रिम टिकट बुकिङ खोल्ने भएको छ । यातायात व्यवस्था विभागले भदौमै टिकट बुकिङ खोल्ने गरी तयारी भइरहेको बताएका छन् ।

दशैँको घटस्थापनादेखि राजधानीमा बस्नेहरु दशैँ मनाउन आफ्ना घर जाने गर्छन् । दशैँका समयमा सबैभन्दा बढी मासिनले राजधानी छाड्ने भएकाले हरेक वर्ष अग्रिम टिकट बुकिङ हुँदै आएको छ ।

विभागका महानिर्देशक गोगन बहादुर हमालका अनुसार यसका लागि यही २५ गते व्यवसायीसँग छलफल भएर टुङ्गो लाग्नेछ । अग्रिम टिकट खुलाउन यातायात व्यवसायी र विभागबीच छलफल भइरहेको छ ।

यता व्यवसायीहरुले भाडा समायोजन पनि दशैँअघि नै गर्नुपर्ने माग राख्दै आएका छन् भने भाडा समायोजन हुने÷नहुने विषयमा अझै पनि निष्कर्षमा पुग्न बाँकी रहेको हमालले बताएका छन् ।

यता नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला अग्रिम टिक बुकिङ अबको बैठकले टुङ्गो लगाउने बताए । यद्यपि, यातायात कम्पनीमा रुपान्तरण भएपनि स्पष्ट नियम नआएपछि गाडी थप्न सक्ने अवस्था नभएकोले यातायात व्यवस्थापनमा चुनौती रहेको उनले जिकिर गरे ।

२०६९ सालदेखि भाडा समायोजन नभएकोले यसमा सरकार नै जिम्मेवार भएर समायोजन गर्नुपर्ने सिटौलाको तर्क छ । पुरानै भाडाका कारण यातायात व्यवसाय अत्यन्त मारमा परेको उनको भनाइ छ ।

प्रकाशित मिति: Sep 8, 2019

प्रतिक्रिया दिनुहोस्