Logo
४ जेष्ठ २०८१, शुक्रबार
(September 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मङ्गलबारदेखि पाइपलाइनबाट नियमित रुपमा तेल आउने, अमलेखगञ्जमा कन्ट्रोल रुम

काठमाडौं : नेपाल-भारत दुबै देशका प्रधानमन्त्रीले मङ्गलबार औपचारिक रूपमा पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । मङ्गलबार उद्घाटन लगत्तै पाइपलाइनबाट नियमित रुपमा तेल आउने भएको हो ।

‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो निवासबाट स्वीच थिचेर डिजल सेन्ड गर्नुहुन्छ’, ‘नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट स्वीच थिचेर रिसिभ गर्ने कार्यक्रम रहेको बताइएको छ ।

कम्प्युटरकै माध्यमले पाइपलाइन बन्द र खुला गर्न अमलेखगञ्जमा कन्ट्रोल रुम राखिएको छ। पेट्रोलियम पाइपलाइनलको क्षमता दैनिक २० घण्टासम्म संचालन हुन सक्नेछ।

दैनिक रूपमा ३० हजार किलोलिटर तेल पाइपबाट आउँछ । पाइपलाइनबाट तेल आएको दिनदेखि नै बजारमा पठाइने नेपाल आयल निगमले जानकारी दिएको छ । निगमका अनुसार पाइपबाट ल्याइएको तेल सुरूमा प्रमुख शहर काठमाडौं, पोखरा र अमलेखञ्जमा पठाइन्छ । पछि विस्तारै देशभर फैलाउने तयारी रहेको छ ।

अहिले २५ सय किलोलिटर तेल पाइपमा भरेर राखिएको छ। अमलेखगन्ज डिपोमा पाइपलाइनबाट आएको तेल भण्डारणका लागि ४ वटा ट्याङ्की राखिएका छन्। ४१ सय किलोलिटर क्षमताका दुई वटा र ३९ सय किलोलिटर क्षमताका दुई वटा ट्याङ्की छन्।

ती ट्याङ्कीमा तेल भरेर राखिएको छ। पाइपलाइनबाट पेट्रोलियम पदार्थ भित्रिएपछि ढुवानीमा वार्षिक ७० देखि ८० करोड रूपैयाँ बचत हुने निगमले जनाएको छ ।

मंगलबारदेखि पाइपलाइनबाट नियमित डिजल आउने भए पनि पेट्रोल आउन भने अझै करिब १ वर्ष लाग्ने निगमले जनाएको छ ।

प्रकाशित मिति: Sep 8, 2019

प्रतिक्रिया दिनुहोस्