Logo
१५ बैशाख २०८१, शनिबार
(September 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दक्षिण भारतीय फिल्म केजिएफ २ लाई अदालतले दियो यस्तो झट्का

   पहिलो फिल्म सुपरहिट भएपछि सिक्वल बन्न लागेको दक्षिण भारतीय फिल्म केजिएफ २ लाई ठुलो झट्का लागेको छ ।

वातावरणमा नकरात्मक असर पारेको भन्दै अदालतले सुटिङ रोक्न आदेश दिएको छ जसपश्चात् फिल्म युनिटलाई ठुलो झट्का लागेको हो ।

निर्माणका क्रममा रहेको उक्त फिल्म हैदरावाद र बैँगलौरको कोलार फिल्डमा पुगेपछि फिल्म युनिटलाई सुटिङ रोक्न भनिएको हो । फिल्म निर्माताका अनुसार फिल्मको एक दिनकोमात्र सुटिङ बाँकी रहेको छ । यस अवस्थामा सुटिङ गर्न दिनुपर्ने उनको माग रहेको छ ।

तर, अदालतमा एकजना व्यक्तिले वातावरणमा असर परेको भन्दै मुद्धा दर्ता गरेपछि अदालतले यस्तो आदेश दिएको हो । फिल्म कहिले रिलिज हुने हो यसबारे भने टुंगो लागेको छैन ।

प्रकाशित मिति: Sep 6, 2019

प्रतिक्रिया दिनुहोस्