Logo
१६ बैशाख २०८१, आईतबार
(August 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फ्राइडे रिलिजमा साम्राज्ञीको मारुनीसँग प्रभाषको साहो भिड्दै

काठमाडौं :  आज फ्राइडे रिलिजमा साम्राज्ञीको मारुनी र प्रभासको साहो प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज अन्तर्गत आजबाट नेपाली फिल्म ‘मारुनी’ र हिन्दी फिल्म साहो प्रदर्शनमा आएको हो ।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता पुष्प खड्काको रोमान्स रहेको यो फिल्मले देशभर एकल प्रदर्शनको अवसर पाएको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित भएर निर्माण भएको यो फिल्म तीजको छेको पारेर प्रदर्शनमा आएको हो ।

यो फिल्मसँग भिड्न नेपाली फिल्म नआएपनि साउथ सुपरस्टार प्रभाष अभिनित फिल्म ‘साहो’ भने रिलिज भएको छ ।

देशभरका चलचित्र भवन भने ‘मारुनी’ले पाएको छैन । ‘मारुनी’ भन्दा बढी हल बलिउड फिल्म ‘साहो’ले कब्जा गरेको छ । ‘साहो’ का कारण ‘मारुनी’ले मल्टिप्लेक्समा अत्यन्त न्यून शो पाएको छ । ‘साहो’ प्रति दर्शकको चासोले गर्दा मल्टिप्लेक्सले उच्च शो दिएको छ ।

‘मारुनी’ पारिवारिक कथामा राम्रो फिल्म बनाउदै आएका निर्देशक नवल नेपालले निर्देशन गरेका हुन् । पुनम गौतमको निर्माण रहेको फिल्ममा साम्राज्ञी र पुष्पको अलवा नव-अभिनेत्री रेविका गुरुङको पनि प्रमुख भूमिका छ ।

 

प्रकाशित मिति: Aug 30, 2019

प्रतिक्रिया दिनुहोस्