Logo
१२ श्रावण २०८१, शनिबार
(August 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तरकारीमा नभइनहुने मसाला ‘मेथी’का यस्ता छन् ५ फाइदा

मेथी एक अमूल्य जडिबुटी हो । यो निकै पहिलाबाट जडीबुटीका रुपमा प्रयोग गर्दे आइएको हो ।
प्राय सबैजसोले भान्सामा यसलाई मसालाका रुपमा प्रयोग गरिन्छ । मेथीको दैनिक प्रयोगले हुने फाइदाहरु यसप्रकार छन् ।

१. कोलेस्टरोल कम गर्न मद्दत गर्दछ :
मेथीको दैनिक प्रयोगले शरीरमा उत्पादन हुने हानिकारक कोलेस्टरोलको उत्पादन कम हुन्छ । मिचिगन विश्वविद्यालयले गरेको एउटा अध्ययनले के देखाएको छ भने, मेथीमा हुने स्पेरोइडल स्यापोनिन्स नामक तत्वले गर्दा हाम्रो आन्द्राले कोलेस्टरोल लिने क्रियालाई ढिलो बनाउँछ ।

त्यस्तै कलेजोले पनि कोलेस्टरोलको निर्माण कम गर्ने र बोसोयुक्त खानामा हुने टिग्लीसेरिडिसलाई हाम्रो शरीरले सोस्ने क्रियालाई पनि कम गर्दछ ।

२. मधुमेह तथा रगतमा चिनीको मात्रा कम गर्दछ :
मेथीमामात्रै पाइने 4H-Ole नामक एमिनो एसिडले एन्टिबायोटिकको काम गर्दछ । इरानको कोअम विश्वविद्यालयले गरेको एउटा अध्ययनअनुसार 4H-Ole ले मधुमेहको टाइप वन र टाइप टू दुवैलाई कम गर्दछ ।

३. क्यान्सरबाट जोगाउँछ :
मेथीमा हुने रेसादार भागले क्यान्सर हुनबाट हाम्रो शरीरलाई बचाउने भारतमा गरिएको एउटा अध्ययनले देखाएको छ । राजिव गान्धी सेन्टर फर बायोटेक्नोलोजीमा गरिएको एउटा परीक्षणले पाठेघरसँग सम्बन्धित समस्यालाई कम गर्ने हार्मोन उत्पादन गर्ने भएकाले मेथीलाई हर्मन रिप्लेसमेन्ट थेरापीको विकल्पमा पनि विकास गर्न सकिने देखाएको छ ।

यसमा हुने स्यापोनिन र म्युसिलेजजस्ता तत्वले हाम्रो खानामा हुने विषाक्त पदार्थलाई शरीरबाट बाहिर निकालिदिने हुनाले शरीरका कोषमा क्यान्सर नहुने कुरा पनि पत्ता लागेको छ । यसका साथै मुटु सम्बन्धी समस्या, मोटोपन तथा जोर्नी दुख्ने समस्यालाई कम गर्न पनि यसले सहयोग गर्दछ ।

४. पाचनशक्ति बढाउँछ :
पेटको विभिन्न समस्या भएका मानिसले मेथी तथा मेथीको पात प्रयोग गर्दा त्यस्ता समस्या कम हुन्छन् । खासगरी मेथीमा पाइने रेशा तथा एन्टिअक्सिडेन्टले हानिकारक तत्वलाई हाम्रो शरीरबाट बाहिर निकालीदिने गर्दछ र पाचन प्रणाली मजबुद् हुन्छ । साथै ग्यास्ट्रिक तथा पेटमा हुने अल्सरलाई पनि निको पार्दछ । बिहान उठ्ने बित्तिकै मेथीको पात हालेको चिया खानाले कब्जियत हुनबाट बचाउँछ ।

५. पेट पोल्ने समस्या हटाउँछ र एसिडिटीलाई कम गर्दछ :
एसिडिटीका कारण पेट पोल्ने समस्या भएका मानिसलाई पनि मेथी निकै उपयोगी मानिन्छ । यसमा भएको म्युसिलेज भन्ने तत्वले पेट पोल्ने समस्या कम गर्ने र पेट तथा आन्द्राको भित्तालाई मजबुद् पार्दछ । फाइटाथेरापी नामक जर्नलमा प्रकाशित अध्ययनका अनुसार पेट दुख्ने बिरामीले खाना खानु ३० मिनेट अगाडि २ हप्तासम्म मेथी प्रयोग गर्नाले एसिडिटी घट्दछ ।

प्रकाशित मिति: Aug 28, 2019

प्रतिक्रिया दिनुहोस्