Logo
२१ बैशाख २०८१, शुक्रबार
(August 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुडाशैनी आत्महत्या प्रकरण : रवि र कंडेलको बयानसंगै आज थुनछेकको बहस हुने

काठमाडौं : पुडाशैनी आत्महत्या प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्धा लागेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको बयान आज लिईंदै छ । रुकु भनिने अस्मिता कार्कीसँग अदालतले आइतबार नै बयान लिइसकेको छ ।

आज रवि लामिछाने र पत्रकार युवराज कँडेलसँग बयान लिइने जिल्ला अदालत चितवनका श्रेस्तेदार रूद्रमणि गिरीले जानकारी दिए । बयान सकिएपछि सरकारी र आरोपी पक्षका वकिलले बहस गर्नेछन् ।

बहस आजै सकिए मात्र तीन जना आरोपी छुट्ने वा नछुट्ने टुङ्गो लाग्नेछ । बहस नसकिए पुर्पुक्षका लागि थुनछेक आदेश धकेलिन पनि सक्नेछ । थुनछेक आदेशपछि मात्र आरोपीहरु धरौटीमा रिहा हुने वा कारागार चलान हुने स्पष्ट हुनेछ ।

आत्महत्या प्रकरणमा सरकारी वकिलको कार्यालयले तीनजनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेपछि तीन जना आरोपीको बयान आइतबार शुरु भएको िथयाे ।

 

प्रकाशित मिति: Aug 26, 2019

प्रतिक्रिया दिनुहोस्