Logo
२१ बैशाख २०८१, शुक्रबार
(August 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला ७३ हजार ५०० मा कारोबार

काठमाडौं :  सुनको मूल्यले आज फेरि नयाँँ कीर्तिमान बनाएको छ । सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदै सोमबार छापावाल सुन तोलामा ७३ हजार ५०० मा कारोबार भएको हो ।

नयाँ आर्थिक वर्ष सुरु भएसँगै उकालो लागेको सुनको मूल्य निरन्तर बढ्दै आज यो कीर्तिमानी रेकर्ड बनाएको हो ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ७२ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार बढेर ७३ हजार ५०० मा कारोबार भएको हो । यस्तै तेजाबी सुन ७३ हजार २०० मा कारोबार भएको महासंघले जनाएको छ ।

त्यसैगरीै चाँदी तोलामा ८६० मा कारोबार भएको छ । यसअघि आइतबार चाँदी तोलामा ८५० मा कारोबार भएको छ ।

विश्वबजारमा नै सुनचाँदीको मूल्य बढेकाले स्वभाविक रुपमा नेपालमा पनि त्यसको प्रभाव देखिएको महासङ्घका अध्यक्ष मोहनकुमार सुनारले जानकारी दिए ।

सुनको चर्को मूल्यवृद्धि भएसँगै आन्तरिक खपत ह्वात्तै घटेको छ । सुनको मूल्य निरन्तर बढेसँगै बजारमा सुन किन्ने भन्दा पनि बिक्री गर्नेको सङ्ख्या बढेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: Aug 26, 2019

प्रतिक्रिया दिनुहोस्