Logo
२१ बैशाख २०८१, शुक्रबार
(August 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डले डाकेको नेकपा सचिवालय बैठक बिहान ११ बजे बस्ने

काठमाडौँ :  सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बिहान ११ बजे सारिएको छ । पार्टीको साङ्गठनिक एकता र अन्य निर्णयहरू गर्ने गरी सोमबार दिउँसो १ बजे बस्ने भनिएको बैठक २ घण्टा अघि सारिएको हो ।

बैठक पार्टी मुख्यालय धूम्रबाराहीमा बस्नेछ । दिउँसो १ बजे प्रतिनिधिसभा बैठक पनि बस्नेछ । पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि गत बिहीबार सिङ्गापुर गएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको बैठक डाकेका हुन् ।

प्रधानमन्त्री ओली सिङ्गापुर जानुअघि सोही दिन प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बसी अर्का अध्यक्ष दाहालको अध्यक्षतामा बैठक बसी बाँकी विषय टुङ्ग्याउने तय गरेको थियो ।

नेकपामा प्रवास कमिटी, महानगरहरूको नेतृत्व, पोलिटब्यूरो गठन, अन्य केन्द्रीय सदस्यहरूको कार्य्विभाजनलगायत कार्यसूचीमा निर्णय हुन बाँकी छ । सोमबारको बैठकमा यिनै विषयमा छलफल हुने दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । उनले भने, “बैठकमा यी विषयमा सहमति जुटेमा (सोमबार) नै यी विषय टुङ्गो लाग्नेछन् ।”

प्रधानमन्त्री ओली चिकित्सकको सल्लाहअनुसार स्वास्थ्य उपचारका लागि सिङ्गापुर प्रस्थान गरेका थिए । प्रधानमन्त्री ओली ७/१० दिन त्यहाँ रहने भन्दै पार्टीले यसबीचमा गर्नुपर्ने निर्णय अर्का अध्यक्षको नेतृत्वमा गर्ने समझदारी गत बैठकमा भएको थियो ।

प्रकाशित मिति: Aug 26, 2019

प्रतिक्रिया दिनुहोस्