Logo
२१ बैशाख २०८१, शुक्रबार
(August 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुडासैनी मृत्यु प्रकरण : अस्मिताको बयान सकियाे, रवी र युवराजकाे चल्दै

चितवन : पत्रकार सालिकराम मत्यु प्रकरणका आरोपीको बयान सुरु भएको छ ।

सरकारी वकिलको कार्यालयले आत्महत्या दुरुत्साहनसम्बन्धी अभियोग पत्र चितवन जिल्ला अदातलमा दर्ता गराएपछि अहिले आरोपीको बयान लिन सुरु भएको हो ।

अदातलका मुख्य न्यायाधीस हेमन्त रावलको इजलासमा भखैरै अस्मिता कार्कीको लिखित बयान लिने काम सकिएको बताइएको छ । अब युवराज कँडेल र रवि लामिछानेको बयान लिइने बताइएको छ।

बयान सकिएपछि बहस हुनेछ। आइतबार बहस हुने सम्भावना कम रहेको स्रोतले जनाएको छ । एउटै इजलासमा पालैपालो बयान लिइने भएकाले बयान लम्बिने देखिएको हो ।

उनीहरू तीनै जनालाई प्रहरीले आइतबार बिहान १० बजेपछि सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन मिसिलसहित पेस गरेको थियो । बहसपछि मात्रै रिहा गर्ने वा कारागार चलान गर्ने आदेश अदालतले दिनेछ ।

मृत्यु प्रकरणका आरोपी रवि, युवराज र अस्मितालाई गएको साउन ३० गते काठमाडौंबाट पक्राउ गरी चितवन ल्याइ प्रहरी हिरासतमा राखिएको छ ।

प्रकाशित मिति: Aug 25, 2019

प्रतिक्रिया दिनुहोस्