नेकपाको सचिवालय बैठक आज अपरान्ह ४ बजे बस्दै, समय हेरेर छलफल अघि बढाउने योजना
काठमाडौँ : सत्तारुढ नेकपाको सचिवालय बैठक आज (शनिबार) पूधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ । आज अपरान्ह ४ बजे बस्ने भनिएको बैठकमा जनवर्गीय संगठनका इन्चार्ज र सहइन्चार्ज तोक्नेबारे छलफल हुने बताइएको छ ।
शुक्रबार बसेको सचिवालय बैठकले पार्टीको संगठन विभागको नेतृत्व टुंगो लगाएको थियो । आजको बैठकमा अन्य थुप्रै मुद्दा भए पनि समय हेरेर छलफल अघि बढाउने योजनामा नेताहरु छन् । बैठकमा नेता झलनाथ खनालले पेश गरेको प्रस्ताबबारे भने आज छलफल नहुने बुझिएको छ ।