Logo
५ जेष्ठ २०८१, शनिबार
(August 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पर्यटहरूकलाई फोटो खिच्नै आतुर गराउने त्रिपुरा सुन्दरीकाे दृष्य, भारतमा समेत प्रसिद्ध

मनै लोभ्याउने वाला त्रिपुरासुन्दरी मन्दिर ।

डोल्पा : नेपाल मात्र नभई भारतमा समेत प्रसिद्ध रहेकाे डोल्पा जिल्लामा अवस्थित त्रिपुरा सुन्दरी मन्दिर पुगेपछि देखिने दृष्यहरूले जो कोहीको पनि मन लोभिने गर्दछ ।

चारैतिर होचो भूभाग, दायाँ-बायाँ, तलमाथि विशाल नदीले घेरेको ठाउँ, बीचैमा उठेको जमिन अनि त्यसैको थाप्लोमा अडिएर रहेको विशाल संरचना । मन्दिरको बाहिरी संरचना सँगै त्यहाँबाट देखिने सुन्दर दृष्यहरूले सबैकाे मन लोभ्याउने गर्दछ ।

उचित प्रचारप्रचार हुन नसक्दा धार्मिक तथा पर्यटकीय प्रचुर सम्भावना बोकेर पनि ओझेलमा परेको त्रिपुरा सुन्दरी मन्दिर मन्दिर नेपालका प्राय: मन्दिरहरू भन्दा फरक शैली र आकारकाे छ । नेपाल मात्र नभई भारतमा समेत प्रसिद्ध उक्त मन्दिर ठूलो शक्ति पीठको रूपमा चिनिने गरेकाे पाइन्छ ।

त्रिपुरा सुन्दरी मन्दिर पूजाआजाको लागि मात्रै नभई मन्दिरबाट देखिने अनौठो मनमोहक दृष्य अवलोकनका लागि पनि प्रशिद्ध छ ।

प्रकाशित मिति: Aug 3, 2019

प्रतिक्रिया दिनुहोस्