Logo
२ जेष्ठ २०८१, बुधबार
(July 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘नेपालको समृद्धिका लागि आवश्यक सहयोग गर्न भारत तयार छ’

काठमाडौं : कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले नेपालको समृद्धिका लागि आवश्यक सबै खालको सहयोग गर्न भारत तयार रहेको बताएका छन् ।

आईतबारबाट काठमाडौंमा सुरु भएको ‘नेपाल-भारत पारवहन सहजीकरण सम्मेलन’ मा राजदूत सिंहले सो कुरा बताएका हुन् ।

सोहि क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल-भारतबीचको व्यापार र लगानीलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले सडक र रेल सेवाको विस्तार गरेर दुई मुलुकबीचको व्यापारलाई सहज बनाउन नेपाल सरकार लागि परेको पनि बताए ।
उक्त सम्मेलन’ को उद्घाटन गर्दै उनले दुवै मुलुकको आर्थिक विकास र जनतासँगको सम्बन्धलाई विस्तार गर्न पनि पारवहन सहजीकरणमा जोड दिनुपर्ने पनि स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले नेपालको व्यापारको ठूलो हिस्सा भारतबाटै हुने भएकाले त्यसलाई अझै सहज ढंगले अघि बढाउनुपर्नेमा पनि जोड दिए । उनले छोटो समयमै नेपालमा सहज ढंगले सामानहरुको ढुवानी हुने गरी पारवहन सहजीकरण गर्न भारतीय पक्षबाट आवश्यक सहयोगको अपेक्षा गरिएको पनि बताए ।

दुई दिनसम्म चल्ने सम्मेलनमा दुवै देशका व्यापारी तथा वाणिज्य क्षेत्रका विज्ञहरु, सरकारी पदाधिकारीहरुले दुई मुलुकबीच हुने आयात÷निर्यात सहजीकरणका विषयमा विस्तृत छलफल गर्नेछन् ।

प्रकाशित मिति: Jul 28, 2019

प्रतिक्रिया दिनुहोस्