Logo
१६ बैशाख २०८१, आईतबार
(July 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रणवीर- आलिया अब चाँडै नै विवाह बन्धनमा बाँधिदै

बलिउडका लभबर्डस् अभिनेता रणवीर कपुर र अभिनेत्री आलियाको विवाहको खबर सामाजिक सञ्जालभर फिँजिएको छ । कपुर परिवारका एक सदस्यले उनीहरुको विवाह हुने खुलाएका छन् । रणवीर र आलियाले आगामी वर्ष २०२० को अवसर पारेर जनवरीमा गर्ने सल्लाह भइरहेको जनाइएको छ ।

केही दिन अघि मात्रै आलिया र रणवीर एकसाथ अमेरिकाको न्यूयोर्कमा नयाँ वर्ष मनाएर भारत फर्किएका छन् । यी दुई धेरैजसो एकसाथ देखिने गर्छन् ।

आलिया भट्ट रणवीर कपूरसँग मात्रै नभई कपूर परिवारसँग घुलमिल भइसकेकी छिन् । उनीहरुकासाथ रमाइलो गर्दै गरेको तस्बिर पनि सामाजिक संजालमा चर्चाको विषय बनेको थियो । परिवारले यी दुईको विवाहको तयारी भइरहेको जनाएका छन् । तर आलिया र रणवीरले भने विवाहको मिति खुलाएका छैनन् ।

क्यान्सरको उपचारका लागि लामो समयसम्म अमेरिका रहेका अभिनेता ऋषि कपुरको चाहना पनि यी दुईको विवाह होस् भन्ने रहेको छ । तर कहानीमा ट्वीस्ट के छ भने यी दुईको विवाहका बाधक बनेका आलियाका पिता पनि यी दुईको विवाहका लागि मञ्जुरी दिएका छन् ।

रणवीर कपूरकी दिदी रिद्धिमा कपूर साहनीले भाइ रणवीर कपूर र उनकी प्रेमिका आलिया भट्टलाई सुनको औँठी उपहार स्वरुप दिएकी छिन् जसमा आलिया र रणवीरको नामको पहिलो अक्षर ‘ए आर’ लेखिएको छ ।

प्रकाशित मिति: Jul 24, 2019

प्रतिक्रिया दिनुहोस्