Logo
१७ बैशाख २०८१, सोमबार
(July 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शुटिङका क्रममा घाइते भइन् श्रद्धा

मुम्बई  :  बलिउड अभिनेत्री श्रद्धा कपुर फिल्मको सुटिङको क्रममा घाइते भएकी छिन् । उनको गोलीगाँठोमा चोट लागेको हो ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा उनले गोलीगाँठोको चोट कम गर्न फिलियोथेरापी गरिरहेको भिडियो राखेकी छिन् ।

‘स्ट्रिट डान्सर थ्रीडी नामक फिल्ममा अभिनेता वरुण धवन र अभिनेत्री कपुरको मुख्य भूमिका रहने छ । रेमो डी सूजाको निर्देशनमा बन्न लागेको फिल्म आगामी नोभेम्बर ८ मा रिलिज हुने भनिएको छ ।

अभिनेत्री कपुर यसअघि ‘हाफ गर्लफ्रेन्ड’ फिल्मको सुटिङको क्रममा लडेर घाइते भएकी थिइन् । लडेका कारण खुट्टाको लिगामेन्ट च्यातिएको जानकारी इन्स्टाग्राममा फोटो राख्दै दिएकी थिइन् ।

‘लिगामेन्टमा दक्खल परेछ, तर पनि बास्केटबल कोर्टमा साह्रै रमाइलो भयो,’ बास्केटबल खेल्दै गरेको दृश्य खिच्ने क्रममा आफू घाइते भएको उनले उल्लेख गरेकी थिइन् ।

प्रकाशित मिति: Jul 24, 2019

प्रतिक्रिया दिनुहोस्