Logo
१७ बैशाख २०८१, सोमबार
(July 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

६ वर्षपछि ऋतिकले ‘सुपर ३०’मार्फत पाए सफलता, १ सय करोड क्लबमा सामेल

मुम्बई :  बलिउड सुपरस्टार ऋतिक रोशनको हालै रिलिज भएको फिल्म ‘सुपर ३०’ ले बक्स अफिसमा धमाकेदार व्यापार गरिरहेको छ । यसले फिल्मको बजेट अनुसार राम्रो व्यापार गरेको छ ।

उनको फिल्म ‘सुपर ३०’ ले भन दर्शकको मन जित्न पनि सफल भएको छ । ६ वर्षपछि ऋतिक रोशनको फिल्मले राम्रो कारोबार गरेको छ । यस वर्षकै उत्कृष्ट फिल्मका रुपमा सुपर ३० लाई लिन सकिन्छ । यो फिल्मको राइटस् लिएका सबै फाइदामा गएका छन् भने सिनेमा घरमा पनि फिल्मले दर्शक पाइरहेको छ ।

फिल्मले मुनाफा पनि राम्रो गरिरहेको हुनाले फिल्म विश्लेषकहरु यो फिल्मले २ सय करोड सजिलै कमाउने अनुमान गरेका छन् । १ सय करोडभन्दा बढी कमाइ गरिसकेको यो फिल्न १ सय करोडमा सामेल हुन सफल भएको छ ।

यसअघि उनी अभिनित फिल्म ‘कृष ३’ पनि सुपरहिट भएको थियो । यो फिल्मलाई उनका पिता राकेश रोशनले निर्देशन गरेका थिए । ‘कृष ३’ पछि ऋतिकका ४ फिल्म रिलिज भए । तर, ती फिल्मले खासै व्यापार गर्न सकेनन् ।
सन् २०१७ मा रिलिज भएको फिल्म ‘काबिल’ को राम्रो चर्चा भयो तर यो फिल्मबाट पनि वितरक घाटामा गए । निर्माताले भने राम्रै कमाइ गरे ।

ऋतिकको शीर्ष भूमिकमाा रहेको फिल्म ‘वार’ प्रदर्शन हुने तयारीमा रहेको छ । टाइगर श्राफ पनि रहने यस फिल्मले पनि उत्तिकै धमाका मच्चाउने अनुमान गरिएको छ ।

प्रकाशित मिति: Jul 23, 2019

प्रतिक्रिया दिनुहोस्