एक गोली दुई शिकार भनेझैँ ब्रुमरले उठाएको धूलोबाट इँटा उत्पादन
काठमाडौं : महानगरपालिकाले दैनिक ब्रुमर चलाएर बाटोघाटो सफा गर्दै गरेको छ । उक्त सफाइबाट संकलन गरेको धुलोबाट इँटा उत्पादन हुने भएको छ ।
महानगरपालिकाले ५ वटा ब्रुमरबाट दैनिक १० टनसम्म धुलो संकलन गर्दै आएको छ । काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलकाअनुसार उक्त धुलोबाट इँटा बनाउने विषयमा छलफल भइरहेका जनाइएको छ ।
यसरी काठमाडौँ नगरपालिकाले ब्रुमर चलाएर दुईथरी सेवा लिनेतर्फ ध्यान पुर्याएको देखिएको छ ।