Logo
६ जेष्ठ २०८१, आईतबार
(July 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इन्स्टाग्रामपछि ट्विटरले ल्यायो ‘ले आउट’मा फेरबदल

वाशिङटन :  अहिले सामाजिक सञ्जालमा धेरै फेरबदल देखिएको छ । इन्स्टाग्राममा लाइकको शैली फेरिएझैँ अब ट्विटरले पनि आफ्नो डिजाइन फेरेको छ । गएको सोमबारदेखि यसले आफ्नो वेबसाइटको रिडिजाइनलाई फेर्न थालेको हो । जसअन्तर्गत केही महत्वपूर्ण परिवर्तन भएका छन् ।

यसमा स्वीचमार्फत लगिङ आउट गर्न सकिने र प्रत्यक्ष मेसेज पठाउन सकिने व्यवस्था पनि गरिएको छ । तर एउटा कुरामा भने परिवर्तन भएको छैन – त्यो हो ट्विट सम्पादन । यो प्रक्रियाका बारेमा अनुरोध भने थुप्रै आएका थिए ।

परिवर्तन गरिएका फिचरहरु निकै उपयोगी छन् । नाभिगेसन बारलाई बायाँतर्फ लगिएको छ । डार्क साइड मन पराउनेका लागि अहिलेपनि डिम मोडको व्यवस्था गरिएको छ । यसैगरी यसको व्याकग्राण्डको रङ छनोट गर्न पनि पाइने व्यवस्था रहेको छ । यसमा पठाएको मेसेज हाइड गर्ने व्यवस्था पनि गरिएको छ ।

प्रकाशित मिति: Jul 19, 2019

प्रतिक्रिया दिनुहोस्