Logo
८ जेष्ठ २०८१, मंगलबार
(July 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशभर ३ दिन सम्म बदली र वर्षा हुने महाशाखाद्वारा जानकारी

काठमाडौं :  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि आउँदो बुधबारसम्म मौसम बदली र कतिपय स्थानमा मेघ गर्जन सहित वर्षा हुने जनाएको छ । आज देशभरी सामान्य बदली भइ देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी आज राति सामान्य बदली भइ पूर्व र मध्यका केही स्थानहरुमा र पश्चिमका थोरै स्थानहरुमा मेघ गर्जन सहितको हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । मध्य र पूर्वका विशेषतः तराई भूभागमा १-२ स्थानहरुमा र पश्चिमका विशेषतः पहाडी भूभागका १-२ स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

प्रकाशित मिति: Jul 1, 2019

प्रतिक्रिया दिनुहोस्