Logo
५ जेष्ठ २०८१, शनिबार
(June 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एप्पलको स्मार्टवाचले जोगायो बिरामीको ज्यान

सान डिएगो :  अमेरिकाको सान डिएगो शहरमा एप्पलको स्मार्टवाचका कारण ज्यान जोगाएको छ । रेष्टुरेन्टमा गएका व्यक्तिलाई एक्कासी समस्या आएपछि एप्पलको स्मार्ट घडीले एक रोगीको ज्यान जोगिएको हो ।

उक्त व्यक्तिको स्वास्थ्यमा समस्या आएपछि डाक्टरले आफ्नो एप्पल वाच सिरिज ४ को सहयोगमा बिरामीको शरीरमा भएको आर्टरी आइब्रिलेशन (ए-फिब) पत्ता लगाएका थिए । बिरामीको ज्यान जोगाउने डा. टोमी कोर्न सान डिएगो शहरमा नेत्र रोग विशेषज्ञका रुपमा कार्यरत रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । ए–फिब भएका व्यक्तिको मुटुको चाल अस्थीर हुने तथा शरीरमा रगतको मात्रा असन्तुलित हुने बताइन्छ ।

एक रेष्टुरेन्टमा भएका बेला बिरामीको स्वास्थ्यमा एककासी समस्या आएपछि सोही रेष्टुरेन्टमा रहेका डाक्टरले एप्पल वाचको प्रयोग गरी बिरामीको शरीरमा मुटुको चाल जाँच गरेका थिए । जाँचपछि उनलाई ए फिब भएको पत्ता लागेको थियो ।

एप्पल वाचमा भएको इसीजीजस्तो प्रविधिले मानिसको शरीरमा मुटुको धड्कन जाँच गर्न सक्छ  र ए -फिबबारे नोटिफिकेसन पठाउन सक्छ । इसीजी प्रविधि भएको एप्पल वाच ४ हाल युरोप अमेरिका र हंकङमा उपलब्ध छ ।

प्रकाशित मिति: Jun 26, 2019

प्रतिक्रिया दिनुहोस्