Logo
८ जेष्ठ २०८१, मंगलबार
(June 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पश्चिम क्षेत्रमा देखिएको भारी वर्षाका कारण सुरक्षित रहन माहाशाखाद्वारा चेतावनी

काठमाडौँ :  नेपालमा मनसुन भित्रिएसँगै नेपालको पश्चिम क्षेत्रमा ठूलो वर्षा भइरहेको छ । पूर्वानुमान महाशाखाद्वारा बाढीे नेपालगञ्ज आसपासमा वर्षाले सतर्कता तह पार गरेको जनाएको छ ।

लगातार केही दिन वर्षा हुने क्रम जारी रहेकोले डुवानको खतरा देखिएको छ । तसर्थ आपतकालिन कार्यसञ्चालन केन्द्रले सतर्क रहन आग्रह गरेको छ ।

‘हाल दिनको एक बजे नेपालगञ्ज वर्षामापन केन्द्रमा वर्षाले सतर्कता तह पार गरेको छ र वर्षा हुने क्रम जारी छ । चुरेबाट शुरु भइ बाँके जिल्ला भएर बहने डुडुवा, मानखोला, झिंझरी लगायत स–साना सवै खोलानाला आसपास सतर्क रहौँ । नेपालगञ्ज उमनपाको होचा स्थानहरुमा पनि डुवान हुनसक्छ सतर्क रहौँ’, आपतकालिन कार्यसञ्चालन केन्दले सूचना जारी गरेर भनेको छ ।

प्रकाशित मिति: Jun 23, 2019

प्रतिक्रिया दिनुहोस्