Logo
२४ बैशाख २०८१, सोमबार
(June 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक महिनामा ०.२ विन्दुले बढ्यो महँगी

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका वैशाखसम्म ( दश महिना) को मासिक प्रतिवेदन प्रकाशित गरेको छ । उक्त प्रतिवेदन प्रकाशित गर्दै राष्ट्र बैंकले एक महिनामा ०.२ विन्दुले महँगी बढेको जनाएको हो ।

चालु आर्थिक वष वैशाखमा उपभोक्ता मुद्रास्फिती बढेर ४.४ प्रतिशत पुगेको छ । जबकी चैत महिनामा यस्तो मुद्रस्फिती ४.२ प्रतिशत रहेको राष्ट्र बैंककै प्रतिवेदनमा उल्लेख छ ।

खाद्य वस्तुको महंगी झण्डै दोब्बरले बढेको छ । बैंशाखमा उपभोक्ता मुद्रा स्फिती ५.३ प्रतिशत रहेको छ । चैतमा यस्तो मुद्रास्फिती २.८ प्रतिशत मात्र थियो ।

गैह्रखाद्य तथा सेवा समुहको महंगी ५.८ प्रतिशत रहेको छ । चैतमा ५.७ प्रतिशत रहेको थियो ।

प्रकाशित मिति: Jun 20, 2019

प्रतिक्रिया दिनुहोस्