महाशाखाद्वारा ३ दिने मौसम पूर्वानुमान : हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले आजको देशभरको मौसमको पूर्वानुमान गरेका छन् । जारी प्रिमनसुनले गर्दा आज मेघ गर्जनसहितको वर्षा हुने सम्भावना रहेको छ । आज देशभर नै आंंशिक बदली हुने तथा केहिस्थानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको छ भने पूवीै तथा मध्य क्षेत्रमा हावाहुरीको सम्भावना रहेको माहाशाखाले जनाएका छन् । त्यसैगरी माहाशाखाले ३ दिनको मौसम पूर्वानुमान गरेका छन् जुन यसप्रकार छन् :
असार ३ गते (मंगलबार)
दिउँसो – देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
राति – देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ ।
असार ४ गते (बुधबार)
दिउँसो – देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ ।
राति – देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ ।
असार ५ गते (बिहीबार)
दिउँसो – देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ ।
राति – देशभर आंशिक बदली रही थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ ।