Logo
१८ बैशाख २०८१, मंगलबार
(June 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली फिल्म ‘पासवर्ड’मा सनी लियोनीको यस्तो डान्स (भिडियो)

काठमाडौं :  बलिउड अभिनेत्री तथा पूर्व पोर्नस्टार सनी लियोनी नेपाली फिल्म पासवर्डको एक गीतमा देखिएकी छिन् । उक्त फिल्ममा उनले आफ्नो दमदार नृत्य प्रस्तुत गरेकी छिन् । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरिएको थियोे ।

गीतको बोल ‘आजको साम’ रहको छ र यस गीतमा सनी लियोनीसँग अनुपविक्रम शाहीलाई पनि देख्न सकिन्छ । गीतमा सनीकै मूख्य भूमिका रहेको छ । क्लब डान्समा खिचिएको यो गीतमा अर्जुन पोखेलको संगीत छ भने दुर्गा खरेलको स्वर सुन्न सकिन्छ । यस्तै गीतलाई महराज थापाले एरेन्ज गरेका हुन् ।

विष्णु देवाले कोरियोग्राफी गरेको यो गीतमा सनी लियोनीले कम्मर मर्काउँदै गरेको देख्न सकिन्छ । यस्तै भिडियोमा विक्रम जोशीले पनि कम्मर मर्काएका छन् । भिडियोमा सनी आर्कषक रुपमा प्रस्तुत भएकी छिन् ।

सनी लियोनी, अनुपविक्रम शाही, विक्रम जोशी, बुद्धि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा लगायतका कलाकारले अभिनय गरेको यो फिल्मलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् । फिल्मे भदौ २७ मा रिलिज हुने जनाइएकोे छ ।

प्रकाशित मिति: Jun 14, 2019

प्रतिक्रिया दिनुहोस्