Logo
२० बैशाख २०८१, बिहीबार
(June 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यात्रुभन्दा चालकको संख्या बढेपछि पठाओको कमिसनमा वृद्धि, चालक मर्कामा

काठमाडौं :  सर्वसाधारणलाई यातायात सेवा दिँदै आएको कम्पनी पठाओले आफ्नै प्रयोगकर्ताहरुबाट लिने कमिसन थप बढाएको छ । आफ्नै मोटरसाइकल प्रयोग गरेर पठाओमा काम गर्दै आएका मोटरसाइकल चालकहरु पठाओले आफूहरुबाट बढी कमिसन माग्ने गरेपछि समस्यामा परेको बताउँछन् ।

“पहिला यात्रुबाट उठेको भाडाको ५ प्रतिशत कमिसन लिन्थ्यो, अहिले बढाएर २० प्रतिशत पुर्‍याएको छ, हामी चालकपक्षको गुनासो यसैमा हो ” भन्दै पठाओमा काम गर्दै आएका बा ९५ प ७१९४ नम्बर मोटरसाइकल चालक सागर परियारले भने ।

त्यस्तै टुटल र पठाओमै काम गर्दै आएका बा ३० प ८९४२ नम्बर मोटरसाइकल चालक दिनेश श्रेष्ठले पनि पठाओले कमिसन बढाएका कारण यसबाट कमाइने रकमले मोटरसाइकलमा तेल हाल्न, मर्मत गर्न र आफ्नो घरव्यवहार चलाउन नसकिने अवस्था आएको गुनासो गर्छन् ।

टुटलको तुलनामा पठाओ कम्पनीले बढी कमिसन माग्न थालेपछि पठाओमा काम गर्न असहज भएको चालहरुको गुनासो छ । त्यसैगरी चालकहरुले यात्रु ओसार्दा मोटरसाइकलले दैनिक औसतमा २ देखि ३ लिटरसम्म पेट्रोल खर्च हुने गर्छ । तसर्थ पहिले मासिक ५० हजारसम्म कमाउँदै आएका चालकहरु पठाओले कमिसन दर बढाएपछि हाल मासिक ३० हजार कमाउन पनि गाह्रो रहेको बताउँछन् ।

पठाओका प्रबन्धक शशांक थापा भन्छन् “पहिला यात्रुको संख्या धेरै थियो, त्यसैले चालकहरुबाट ५ प्रतिशत कमिसन लिन्थ्यौं । अहिले यात्रुको तुलनामा चालकहरुको संख्या ह्वात्तै बढेको छ । अन्तत भोलिका दिनमा चालकको संख्या घट्यो र यात्रुको संख्या बढ्यो भने अवश्य पनि कमिसन पर्सेन्टेज घटाउने छौं ।”

प्रकाशित मिति: Jun 5, 2019

प्रतिक्रिया दिनुहोस्