Logo
४ जेष्ठ २०८१, शुक्रबार
(May 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनको मूल्य ह्वात्तै बढ्यो

काठमाडौं :  शुक्रबार एकै दिन सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको छ । भन्सार दर बढेसँगै सुनको मूल्य ह्वात्तै बढेको हो ।

बिहीबार प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार प्रतितोला ६१ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आगामी आर्थिक वर्षको बजेटमा सुन तथा चाँदीलगायत बहुमूल्य धातुमा बढाइएका कारण सुनको मूल्य बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघले जानकारी दिएको छ ।

सुनको मूल्य बढ्नुमा विभिन्न कारण भए पनि मुख्य कारण भन्सार दर नै भएको संघले दाबी गरेको छ । सरकारले आगामी आर्थिक वर्षका लागि सुनमा प्रतिकिलो ८० हजार रुपैयाँ भन्सार शुल्क बढाएको छ ।

यसअघि प्रतिकिलो सुनको भन्सार शुल्क ४ लाख २० हजार रुपैयाँ थियो भने आगामी आर्थिक वर्षका लागि प्रतिकिलो सुनको भन्सार मूल्य ५ लाख रुपैयाँ पुगेको छ ।

विवाह, ब्रतवन्धलगायत संस्कारको सिजन भएको र बजारमा सुनको माग अत्यधिक बढेका कारण पनि सुनको मूल्य बढेको हो । अहिले दैनिक औसत ३० किलो सुनको माग रहेको व्यवसायीको भनाइ छ । बजेटमा सुनचाँदीलगायत बहुमुल्य धातु बैंकमा निक्षेपस्वरुप राख्न सकिने व्यवस्था गरिएका कारण पनि सुनको मूल्यमा भारी वृद्धि भएको हो ।

प्रकाशित मिति: May 31, 2019

प्रतिक्रिया दिनुहोस्