Logo
५ जेष्ठ २०८१, शनिबार
(May 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सगरमाथा सफाइ गर्दा निकालियो ४ शव र १० हजार किलो फोहोर

सोलुखुम्बु :  सगरमाथा सफाइ अभियान सोमबार सकिएको छ । बैशाख १ देखि सुरु भएको अभियान उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोख्रेलले समापन गरेका छन् । सगरमाथा सरसफाई गर्दा १० हजार ८ सय २४ किलोग्राम फोहोर संकलन भएको छ  भने सगरमाथा क्षेत्रमा धेरै समयदेखि अडकिएका ४ वटा शव पनि झिकिएको छ ।

संकलित फोहोरमध्ये नकुहिने फोहोरलाई मात्र काठमाडौं ल्याइएको छ भने कुहिने फोहोरहरु नाम्चे, ओखलढुंगालगायतका क्षेत्रमा व्यवस्थापन गरिएको सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चेले जानकारी दिएको छ । काठमाडौं र ओखलढुंगामा सेनाको हेलिकप्टरमार्फत हजाररहजार किलो फोहोर पठाइएको हो । सरसफाइका क्रममा भेटिएका चारवटा शव यसअघि नै काठमाडौं लगिसकिएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले अझै एक साता सगरमाथाको चुचुरोसम्म सफाइ गरिने र त्यसमा ८ जना खटिने बताएका छन् । त्यसक्रममा आरोहणमा जाँदा मृत्यु भएकाको थप शवसमेत झिक्न प्रयास गरिने उनले जानकारी दिए ।

अभियानका लागि नबिल बैंक, एनएमबी बैंक, विश्व वन्यजन्तु कोष, नेपाल पर्यटन बोर्ड, नेपाल सरकारलगायत विभिन्न निकायबाट २ करोड ७७ लाख रुपैयाँ संकलन गरिएको थियो ।

प्रकाशित मिति: May 28, 2019

प्रतिक्रिया दिनुहोस्