Logo
५ जेष्ठ २०८१, शनिबार
(May 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पेरुमा ७.५ म्याग्नीच्यूडकोे शक्तिशाली भूकम्प

लिमा :  पेरुको उत्तरी क्षेत्रमा आइतबार बिहान आएको ७.५ म्याग्नीच्यूडको भूकम्पबाट एक व्यक्तिको मृत्यु हुनुका साथै ११ जना घाइते भएका छन् ।

राष्ट्रिय आपतकालीन उद्धार केन्द्र (कोन) का प्रमुख रिकार्डो सेजासका अनुसार सान इग्नासियो निवासी ४८ वर्षीय डारियो मुनोजको मृत्यु भएको छ । भिरालो पहाडमा रहेको घर भएका डारियोको घरमाथि बज्रिएको ढुंगाका कारण उनको मृत्यु भएको थियो । जियोफिजिक्स इन्स्टिच्यूट पेरु (आइजीपी) का अनुसार उत्तरी अल्टो अमेजोनास प्रान्तमा केन्द्रबिन्दु भएको भूकम्प स्थानीय समय अनुसार आइतबार बिहान २ बजेर ४१ मिनेटमा गएको थियो ।

निकै शक्तिशाली मानिएको उक्त भूकम्पबाट करिब १३० वटा घर, ३ वटा विद्यालय र ६ वटा साना अस्पताल क्षतिग्रस्त भएका छन् । उक्त भूकम्पको धक्का छिमेकी मुलुकहरु इक्वेडर, कोलम्बिया, ब्राजिल र बोलिभियामा पनि अनुभव गरिएको थियो । (सिन्ह्वा)

प्रकाशित मिति: May 27, 2019

प्रतिक्रिया दिनुहोस्