Logo
१ जेष्ठ २०८१, मंगलबार
(May 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोदीको नेपाल भ्रमण स्थगित, मालदिभ्सबाट विदेश भ्रमण थाल्ने, सपथग्रहणमा नेपाललाई बोलाइएन

नेपालपक्षले भारतसंगको सम्बन्धमा कुनै ‘तलकी’ नरहेको दावी गरिरहेको भएतापनि भारतले भने नेपालसंग दुरी बढाउँदैगएको छ । नेपाललाई जतिसुकै नजिकको सम्बन्ध ठानेपनि पछिल्लो समय नेपालमा भारत विरोधी गतिबिधिमा तिब्रता आएको ठम्याई सहित नेपालपक्षले नेपालसँग दुरी बढाउन थालिएको हो ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालको पहिलो विदेश भ्रमण नेपालबाट गर्ने तयारीमा रहेको भएता पनि उनले तत्कालका लागि नेपाल भ्रमणको सबै तयारी स्थगीत गरेका छन् । उनले मालदिभ्सबाट पहिलो विदेश भ्रमण थाल्ने तयारीमा रहेको कुटनैतिक श्रोतको दावी छ ।

तत्काल नेपालको भ्रमण गर्नु उपयुक्त नरहेको र नेपाललाई त्यति महत्व दिनु पनि बढी आवशयक्ता नरहेको रिर्पोट मोदी समक्ष पुगेपछि उनले नेपाल भ्रमणको तयारी स्थगित गरेका हुन् ।

भारतीय जनता पार्टी नेतृत्वको NDA गठबन्धनका संसदीय दलका नेता नरेन्द्र मोदीले नयाँ कार्यकालका लागि आउदो ३० मे अर्थात १६ गते बिहिबार दोस्रो कार्यकालका लागि सपथ लिँदैछन् ।

भारतको राष्ट्रपति भवनमा ३० मेमा मोदीसँगै अन्य केन्द्रीय मन्त्रीले पनि सपथ लिने छन् । भारतका राष्ट्रपति रामनाथ कोविन्दले ट्विटर मार्फत उक्त जानकारी सार्वजनिक गरेका हुन् ।

भर्खरै सम्पन्न निर्वाचनमा प्रचण्ड बहुमत ल्याएका भारतीय जनता पार्टी नेतृत्वको एनडिए गठबन्धनको तर्फबाट शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति कोविन्दलाई भेटेर सरकार बनाउने दाबी पेश गरेका थिए ।

निर्वाचनमा भारतीय जनता पार्टीको गठबन्धन एनडिएले ३५२ सिटमा जित दर्ज गरेको छ । यसमध्ये भारतीय जनता पार्टी एक्लैले ३०३ स्थानमा जित हासिल गरेको छ ।

यसपटक मोदीको सरकारमा भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह पनि मन्त्री हुनसक्ने अनुमान गरिएको छ । तर, शाहले पार्टी अध्यक्ष पदबाट तत्काल राजीनामा नदिने तर्कहरु पनि आएका छन् ।

मोदीको सपथ ग्रहणमा यसअघिको जस्तै विभिन्न देशका प्रमुखहरु बोलाइएको छ । यसपटक भने बिम्स्टेक राष्ट्रप्रमुखहरुलाई बोलाउने भनिएता पनि नेपालका राष्ट्रप्रमुखलाई भने अहिलेसम्म बोलाइएको छैन ।

सरकार बनाउने दाबी पेश गरेलगत्तै मोदीले राष्ट्रपति भवनमा नै आफूहरुले जनादेशअनुसार काम गर्ने र जनादेश नै आफ्ना लागि सबैभन्दा ठूलो कुरा भएको बताएका थिए । यसपटक मोदीको सरकारका मन्त्रीमा नयाँ अनुहार देख्न सकिने विश्वास गरिएको छ ।

प्रकाशित मिति: May 27, 2019

प्रतिक्रिया दिनुहोस्