Logo
१६ बैशाख २०८१, आईतबार
(May 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा मोदी म्याजिक : BJP लाई एक्लै बहुमत, कांग्रेस निकै कमजोर, कन्हैया २ लाख मतान्तरले पछाडी

छिमेकी मुलुक भारतमा आज बिहानैलेखि लोकसभा चुनावको मत गणना जारी रहेको छ । लोकसभा चुनावको मतपरिणाम आइरहँदा नेपालीको राजनीतिमा समेत यसप्रति चासो बढिरहेको छ । ५४२ सिटका लागि सात चरणमा भएको मतदानको बिहीबार बिहानदेखि विद्युतीय मतगणना थालिएको हो ।

अहिलेसम्मको मतगणनामा भारतीय जनता पार्टी एक्लैले बहुमतभन्दा बढी सिटमा अग्रता लिएको छ । एबिपि न्यूज नेटवर्कका अनुसार भाजपा एक्लैले २९२ सिटमा अग्रता लिएको छ । उस्को गठबन्धनको भने ३४८ सिटमा अग्रता रहेको छ । यसको अर्थ चार वर्षअघि विकासको नारा दिएर प्रधानमन्त्री बनेका नरेन्द्र मोदी फेरि पनि प्रधानमन्त्री बन्ने भएका छन् ।

भारतमा सरकार बनाउन २७२ सिट चाहिन्छ । चार वर्षअघि भाजपाले २८२ सिट पाएको थियो । यसपालि १५ बढी सिटमा अग्रता लिएको छ । उसको एनडिए गठबन्धनले ३४८ सिटमा अग्रता लिएको छ ।

यद्यपी, प्रतिपक्षी भारतीय कंग्रेस भने निकै कम्जोर बनेको छ । चार वर्षअघिभन्दा केही सुधार त गरेको छ तर पनि उसको गठबन्धन अझै धेरै पछि छ ।  कंग्रेस एक्लैले ५२ सिटमा अग्रता लिएको छ भने युपिए गठबन्धनको ७९ सिटमा अग्रता छ । सन् २०१४ मा कंग्रेसले ४४ र उसको गठबन्धनले ६० सिट जितेको थियो । मतगणना जारी छ । अन्तिम परिणाम आजै साँझसम्म आउने बताइएको छ ।

वाराणसी क्षेत्रबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी १ लाख मतले अगाडि रहेका छन् । वाराणसीमा समाजवादी पार्टी तथा बहुजन समाज पार्टी गठबन्धनकी उम्मेदवार शालिनी यादव दोस्रो स्थानमा छिन् भने तेस्रो स्थानमा कांग्रेसका अजय राय रहेका छन् ।

सुरुवाति मतगणनाअनुसार दिल्लीका सातै सिटमा BJP अगाडि रहेको छ । पूर्वी दिल्लीमा बीजेपी उम्मेदवार पूर्व भारतीय क्रिकेटर गौतम गम्भीर अगाडि रहेका छन् । उनलाई आम आदमी पार्टीकी उम्मेदवार आतिशीले पछ्याइरहेकी छिन् ।

सुरुवाति रुझानमा भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी उत्तर प्रदेशको अमेठीमा बीजेपी उम्मेदवार तथा केन्द्रीय मन्त्री स्मृति इरानीको अघि पछि रहेका छन् ।

राहुल गान्धी केरलको वायनाडबाट पनि उठेका छन् । वायनाडबाट भने राहुल गान्धी ५८ हजारभन्दा बढी मतले अग्रता बनाइरहेका छन् ।

त्यस्तै भारतमा मात्रै होइन नेपालमा पनि चर्चित रहेको बिहारको बेगुसरायमा बीजेपी उम्मेदवार तथा केन्द्रीय मन्त्री गिरिराज सिंह १ लाख भन्दा बढी मतले अगाडि रहेका छन् ।

बेगुसरायमा भारतीय कम्युनिष्ट पार्टीका उम्मेदवार कन्हैया कुमार गिरिराज सिंहसँग तेस्रो स्थानमा प्रतिस्पर्धामा रहेका छन् । साथै राष्ट्रिय जनता दलबाट तनवीर हसन पनि यसै सिटबाट प्रतिस्पर्धामा रहेका छन् ।

जवाहरलाल नेहरु विश्वविद्यालयका पूर्व विद्यार्थी नेता कन्हैया कुमारको चुनावी प्रचारप्रसारमा जावेद अख्तर, प्रकाश राजलगायतका चर्चित हस्ती मैदानमा उत्रिएका थिए । कन्हैया २ लाख मतान्तरले तेस्रो स्थानमा रहेका छन्

प्रकाशित मिति: May 23, 2019

प्रतिक्रिया दिनुहोस्