Logo
१६ बैशाख २०८१, आईतबार
(May 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकसभा चुनाव : बीजेपीका तर्फबाट क्रिकेटर गौतम गम्भिरको ठूलो अग्रता

भारत :  क्रिकेटर गौतम गम्भीर भारतीय लोकसभा चुनावमा जित तर्फ अग्रसर भएका छन् ।

भारतीय लोकसभा चुनावका लागि बीजेपीको तर्फबाट इस्ट दिल्लीबाट उम्मेदवार बनेका गम्भीरले मतगणनमा ठूलो अग्रता बनाएको समाचारहरु सार्वजनिक भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनले १ लाख भन्दा धेरै मत पाउँदा विपक्षी कांग्रेस र आम आदमी पार्टीका उमेदवार निकै पछि परेका छन् ।

गम्भीरले २००७ को टी २० विश्वकपमा टीम इन्डियालाई जीत दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । त्यस्तै २०११ को वन डे विश्वकपमा पनि गम्भीर ले फाइनल भीडन्तमा श्रीलंका विरुद्ध ९७ रन बनाएका थिए । राजनीतिमा उनको पारी कस्तो हुन्छ त्यसलाई हेर्न बाँकी नै छ ।

प्रकाशित मिति: May 23, 2019

प्रतिक्रिया दिनुहोस्