Logo
४ जेष्ठ २०८१, शुक्रबार
(May 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीको कडा प्रहार भने ‘संविधान संशोधन गर्न नसकिने विषय होइन’

सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले केहीले संविधानको सर्वस्वीकार्यताको प्रश्न उठाएको भन्दै यस्तो असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

संविधान असंशोधनीय दस्तावेज नभई औचित्यको आवश्यकताअनुसार संशोधन गर्न सरकार जहिल्यै पनि तयार रहेको बताउनुभयो । नागरिकका आवश्यकता, देशको भलाइका लागि संविधान संशोधन गर्न सरकार जहिले पनि तयार रहेको भन्दै कुनै एउटा सेक्टर र विद्वेष फैलिने गरी संशोधन हुन नसक्ने पनि प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘संविधान संशोधन गर्न नसकिने विषय होइन । तर यो कुनै लहडको विषय पनि होइन । राम्रा उदेश्यका लागि जहिल्यै पनि संशोधन हुन्छ, गर्न सकिन्छ ।’ के-के विषयमा संशोधन गर्ने भन्नेबारे छलफल गरेर अघि बढ्न तयार रहेको भन्दै लोकतन्त्र र समृद्धिको पक्षमा आवश्यक भए संशोधन गरेर अघि बढ्न आफूहरु तयार रहेको प्रष्ट पार्नुभयो ।

प्रकाशित मिति: May 7, 2019

प्रतिक्रिया दिनुहोस्